Logo

हकप्रद निष्काशनका लागि प्राइमको बुक क्लोज, ३ः१ अनुपातमा सेयर निष्काशन

हकप्रद निष्काशनका लागि प्राइमको बुक क्लोज, ३ः१ अनुपातमा सेयर निष्काशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंकले हकप्रद सेयर निष्काशनका लागि बुक क्लोजको सुचना निकालेको छ । हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै बुल क्लोजको सुचना प्रकाशित गरेको हो ।

बुक क्लोजका लागि बैंकले हिजो नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको छ । बैंकले ३ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने छ । जस अनुसार १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद सेयर जारी गर्ने छ । नेपाल राष्ट्र बैंकले पूँजी बृद्धि गर्ने निर्णय गरेसँगै बैंकले हकप्रद जारी गर्न लागेको हो । बैंकले हकप्रद सेयर निष्काशनका लागि साउन ११ गतेदेखि १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ । हकप्रद जारीसँगै बैंकले चुक्ता पूँजी ८ अर्ब पुर्याउनका लागि अन्य कुनै विकास बैंक तथा फाइनान्स कम्पनीलाई एक्विजिशन गर्ने तयारी गरिरहेको समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL