Logo

राष्ट्र बैंकद्वारा आज १० अर्बको रिभर्स रिपो जारी, ३ बजेसम्म आवेदन दिन सकिने

राष्ट्र बैंकद्वारा आज १० अर्बको रिभर्स रिपो जारी, ३ बजेसम्म आवेदन दिन सकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (आज) १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको छ । बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको हो ।

राष्ट्र बैंकले ७ दिनका लागि उक्त रिभर्स रिपो जारी गरेकोे हो । जसअनुसार बैंकहरुले ७ दिन पछि अर्थात साउन १९ गते सो रकम फिर्ता पाउनेछन् । यो किन्नका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने छ ।

राष्ट्र बैंकले अनलाईन बोलकवलबाट रिभर्स रिपो जारी गरेको छ । उक्त रिपोमा सहभागी हुन चाहने बैंकहरुले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्ने राष्ट्र बैंकद्वारा जारी सुचनामा उल्लेख छ ।

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्य अनुरुप राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको हो । गत आर्थिक वर्षमा राष्ट्र बैंकले बजारबाट साढे ५ खर्ब रुपैयाँ उठाएको थियो । बैंकले आज जारी गरेको रिभर्स रिपो पनि चालू आवको दोस्रो हो । यस अघि बैंकले साउन ५ गते नै रिभर्स रिपो जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्