Logo

इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३३.४७ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले गत आवको यहि अवधिमो यो आवमो आफ्नो नाफा बढाएको हो ।

विवरण अनुसार बैंकले गत आवको पहिलो त्रैमासमा १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यो आवमो बढाएर १ अर्ब ५२ करोड रुपैयाँ पुर्याएको हो । यसरी वाणिज्य बैंकहरुमा यो बैंकले चालु आवको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा आर्जन गरेको छ ।

बैंकले पहिलो त्रैमासमा खुद ब्याज आम्दानी मात्रै ४ अर्ब १६ करोड रुपैयाँ गरेको छ । यस्तै सञ्चालन नाफा ५९.९० प्रतिशतले बढेर २ अर्ब ६० करोड ५४ लाख पुगेको वित्तीय विवरणमा उल्लेख छ । बैंकले इम्पेयरमेन्ट चार्ज बापत ६४ करोड ६ लाख रुपैयाँ छुट्याएको छ ।

बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख र जगेडाकोषमा २५ अर्ब ८९ करोड ३८ लाख छ । बैंकको एनपीएल बढेर ४.८३ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १७ रुपियाँ ८४ पैसा कायम भएको छ ।

प्रतिसेयर नेटवर्थ पनि १७३ रुपियाँ ३७ पैसा कायम रहेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL