Logo

प्रभु बैंकको खुद नाफा ४६.७० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

प्रभु बैंकको खुद नाफा ४६.७० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?



प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकको खुद नाफा बढेको छ ।

यसअवधिमा खुद नाफा ४६.७० प्रतिशतले बढेर १ अर्ब ३ करोड कायम भएको छ । गत वर्षको यसैअवधिमा बैंकले ७० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बढ्दा नाफा बढ्न टेवा पुगेको हो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.१५ प्रतिशतले बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ५१.३२ बढेर १ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

प्रभुको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ र रिजर्भ कोषमा १० अर्ब ९३ करोड रुपैयाँ रहेको छ । यता, बैंकको प्रतिसेयर आम्दानी भने ४ रुपैयाँ ६२ पैसाले घटेर १७ रुपैयाँ ५७ पैसामा झरेको छ ।

गत वर्ष यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २२ रुपैयाँ १९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८२ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्