Logo

सिद्धार्थ बैंकको नाफा १९.४० प्रतिशतले घट्यो, यस्तो छ बैंकको अन्य सूचक

सिद्धार्थ बैंकको नाफा १९.४० प्रतिशतले घट्यो, यस्तो छ बैंकको अन्य सूचक



काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ बैंकको खुद नाफा घटेको छ ।

यसअवधिमा खुद नाफा ९१.४० प्रतिशतले घटेर ४ करोड २८ लाख रुपैयाँमा झरेको छ । गत वर्षको यसैअवधिमा बैंकले ४९ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा इम्पेयरमेन्ट चार्ज बढेकाले खुद नाफा प्रभावित भएको हो ।

गत वर्ष ८९ करोड ३० लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ७.४६ प्रतिशले घटेर १ र्अ ९६ करोड र ८८.९३ प्रतिशतले घटेर ७ करोड ९७ लाख रुपैयाँमा झरेको छ ।

सिद्धार्थको चुक्ता पुँजी १४ अर्ब ८ करोड रुपैयाँ र रिजर्भ कोषमा १० अर्ब ९९ करोड रुपैयाँ रहेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएको छ । गत वर्ष १५ रुपैयाँ ६१ पैसा रहेको यसको प्रतिसेयर आम्दानी घटेर १ रुपैयाँ १९ पैसामा सिमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ६६ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्