Logo

पहिलो त्रैमासमा सिटिजन्स बैंकको नाफा १९.७० प्रतिशतले कम, ४० करोड २४ लाख कमायो

पहिलो त्रैमासमा सिटिजन्स बैंकको नाफा १९.७० प्रतिशतले कम, ४० करोड २४ लाख कमायो



काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ४० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १९.७० प्रतिशतले कम हो । अघिल्लो वर्ष सोहि अवधिमा बैंकले ५० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ४४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो । यो हिसाबले खुद ब्याज आम्दानी ०.६३ प्रतिशतले घटेको छ ।

बैंकको वितरणयोग्य मुनाफा २३ करोड १८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब २४ करोड रुपैयाँ थियो। बैंकले सञ्चालन मुनाफाबापत ५६ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ७१ करोड २४ रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा सञ्चालन मुनाफा २०.२९ प्रतिशतले कम हो ।

प्रतिक्रिया दिनुहोस्
MBL