Logo

एनएमबि बैंकको नाफा ९६ करोड ३२ लाख, वितरणयोग्य मुनाफा १ अर्ब ८ करोडमाथि

एनएमबि बैंकको नाफा ९६ करोड ३२ लाख, वितरणयोग्य मुनाफा १ अर्ब ८ करोडमाथि



काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले ९६ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९० करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.२९ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ६.०७ प्रतिशत, कुल सञ्चालन आम्दानी ५.८९ प्रतिशत र सञ्चालन मुनाफा ६.५१ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ४५ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १ रुपैयाँ ४८ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ २९ पैसा बढेर २० रुपैयाँ ९८ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ९.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ६९ पैसा रहेको छ।

१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया दिनुहोस्
MBL