Logo

पहिलो त्रैमासमा एनआईसी एशिया बैंकको नाफा खुम्चियो, ब्याज आम्दानी १७.५५ प्रतिशतले घट्यो

पहिलो त्रैमासमा एनआईसी एशिया बैंकको नाफा खुम्चियो, ब्याज आम्दानी १७.५५ प्रतिशतले घट्यो



काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.४९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आवको पहिलो त्रैमासमा बैंकको अधिकांश सूचकमा गिरावट देखिएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानी घटेको छ भने इम्पेरमेन्ट चार्ज बढेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २७.४१ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ११.११ प्रतिशत र सञ्चालन मुनाफा ३८.९४ प्रतिशत घटेको छ । बैंकको इम्पेरमेन्ट चार्ज बढेर ६४ करोड ४३ लाख पुगेको छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३२ रुपैयाँ ५३ पैसा घटेर २७ रुपैयाँ ९ पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.४६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ५ पैसा रहेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट २९ प्रतिशत बोनस सेयर वितरण गरी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको यस बैंकको जगेडा कोषमा १५ अर्ब २२ करोड रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप १६.७९ प्रतिशत बढेको छ भने कर्जा १२.३५ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL