Logo

प्रभु बैंकको सीईओ शेरचनको नियुक्ति कानुन सम्मत, उच्च अदालतले गर्यो रिट निवेदन खारेज

प्रभु बैंकको सीईओ शेरचनको नियुक्ति कानुन सम्मत, उच्च अदालतले गर्यो रिट निवेदन खारेज



काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको पुनः नियुक्तिलाई लिएर परेको मुद्दा सदर भएको छ । उच्च अदालन पाटनका न्यायाधीशद्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको इजलासले शेरचनको सीईओमा नियुक्ति कानुनसम्मत रहेको ठहर गरी बुधबार रिट निवेदन खारेज गरेको हो ।

शेरचनको नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ को प्रावधानविपरीत रहेको भन्दै अधिवक्ता अनिता थापा केसीले २०७९ माघमा मुद्दा दायर गरेकी थिइन् । सेन्चुरी कमर्सियल बैंकलाई मर्ज गरेपछि प्रभुले शेरचनलाई सीईओमा निरन्तरता दिएको थियो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ मा बैंकमा लगातार दुई कार्यकालभन्दा बढी सीईओ हुन नपाउने व्यवस्था छ । तर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्ज वा एक्विजिसनमा जाँदा सम्बन्धित पदमा पुनः नियुक्ति दिनरलिन कुनै बाधा नपुग्ने सुविधा दिएको थियो । सोही व्यवस्था अनुसार बैंकले शेरचनलाई बैंकको सिईओमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL