काठमाडौं । प्रभु बैंक रसुवा जिल्लामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । रसुवा जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा नेपाल चिनबीचको नाका स्याफ्रुवेशीमा शाखा कार्यालय स्थापना गरेको हो । उक्त शाखाको एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले उद्घाटन गरेका हुन् ।
भुकम्पका कारण अति प्रभावित जिल्ला रसुवामा बैंकको शाखा विस्तार हुँदा सो क्षेत्रका स्थानीय वासिन्दा तथा भूकम्प पिडीतहरुलाई सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध हुने राहत रकम तथा अन्य सुविधा रकम बैंकमार्फत भुक्तानी लिन सहज हुने बैंकको विश्वास छ ।
रसुवा जिल्लाको स्याफ्रुवेशी चिनसँग जोडिएको प्रमुख व्यापारिक नाका हो । उक्त क्षेत्रमा बैंकको शाखा कार्यालय स्थापना भएको हुँदा व्यापारिक प्रयोजनका लागि सहज हुनुका दुई देशबीचको व्यापार व्यवसाय प्रपद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।