काठमाडौं । कैलाश विकास बैंकलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्था (आइक्यान) ले उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन सम्मान(२०७२ प्रदान गरेको छ । बैंककले यो सहित तेस्रो पटक आइक्यानबाट सो अवार्ड प्राप्त गरेको हो ।
राष्ट्रियस्तरको विकास बैंकका रुपमा कारोबार गरिरहेको कैलाशले संस्थागत सुशासन, पारदर्शिता, जवाफदेहिता, दिगो बृद्धिलगायत विषयलाई प्राथमिकतामा राख्दै सेवा दिँदै आएको विज्ञप्तिमा उल्लेख छ ।
१ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकसँग सर्वसाधारणको १५ अर्ब ६ करोड बचत तथा १३ अर्ब ५० करोड कर्जा लगानी गरिसकेको छ । बैंकले गत आर्थिक बर्ष ४४ करोड खुद नाफा गरेको छ ।