Logo

सानिमा अरबपति बैंकको सूचीमा, नाफा १ अर्ब ४ करोड नाघ्यो

सानिमा अरबपति बैंकको सूचीमा, नाफा १ अर्ब ४ करोड नाघ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सानिमा बैक अरबपति बैंकको सूचीमा उक्लिएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएर अरवपतीको सूचीमा उक्लिएको हो । एक वर्षका अवधिमा बैंकको नाफा ६७ दशमलव४६ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष बैंकले ६२ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

एक वर्षमा बैंकको निक्षेप ३५।२९ प्रतिशतले बढेर ४६ अर्ब ४२ करोड ३३ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी यस अवधिमा बैंकको कर्जा ४२दशमलव ८५ प्रतिशतले बढेर ४० अर्ब ४४ करोड १८ लाख रुपैयाँ पुगेको बताइएको छ । एक वर्षको अवधिमा बैंकको खुद व्याज आम्दानीमा ५१ दशमलव १८ प्रतिशतले बढेर १ अर्ब ७२ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी वाषिर्क ३४ दशमलव १७ रुपैयाँ रहेको छ । त्यस्तै मुल्य आम्दानीको अनुपात वाषिर्क २१ दशमलव ९५ गुणा रहेको छ । बैंकको खराब कर्जा ० दशमलव ०२ प्रतिशत र जोखिम युक्त सम्पत्ति १२ दशमलव ४२ प्रतिशत रहेको बताइएको छ ।

३ अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजीमा बैंकले जारी गर्ने ५० प्रतिशत हकप्रद वितरण पछि चुक्ता पँजी ४ अर्ब ५९ करोड पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्