Logo

सेञ्चुरीलाई हकप्रद सेयर निस्काशनको स्वीकृति,विक्री प्रबन्धकमा सिभिल क्यापिटल

सेञ्चुरीलाई हकप्रद सेयर निस्काशनको स्वीकृति,विक्री प्रबन्धकमा सिभिल क्यापिटल


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । धितोपत्र बोर्डले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ३०५ हकप्रद शेयर निष्काशन गर्ने विवरणलाई स्वीकृति प्रदान गरेको छ । बैंकको पाँचौं साधारणसभाले प्रारित गरेको हकप्रद सेयर निस्काशनको स्वीकृति दिएको हो ।

बैंकले जारी गर्ने हकप्रद शेयरको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

आर्थिक बर्ष २०७२/७३ को चैत्र मसान्त सम्म यस बैंकले कुल निक्षेप रु.२६ दशमलव ०१ अर्व र कर्जा रकम रु. २२ दशमलव८३ अर्व परिचालन गरेको छ । साथै रु. ३४ दशमलव ५० करोड सञ्चालन मुनाफा र रु. २३ दशमलव २४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले २०६७ फागुन २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको हो । यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, ९ वटा शाखारहित बैंकिङ र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्