Logo

प्रभु बैंकको शाखा धापासीमा, सरल र सहज बैंकिङ सेवा प्रदान

प्रभु बैंकको शाखा धापासीमा, सरल र सहज बैंकिङ सेवा प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंकले काठमाण्डौको धापासी टोखा रोडमा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले एक समारोहबीच उद्घाटन गरेका हुन् । गत वर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयमध्ये गंगबु शाखा कार्यालयलाई धापासीमा स्थानान्तरण गरिएको हो ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकले बताएको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL