Logo

४ः१ हकप्रद सेयर जारी गर्दै मेगा बैंक, मर्जर र एक्वीजिशन प्राथमिकतामा

४ः१ हकप्रद सेयर जारी गर्दै मेगा बैंक, मर्जर र एक्वीजिशन प्राथमिकतामा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मेगा बैंकले ४ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पूँजी बृद्धि गर्न बैंकले हकप्रद जारी गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । ‘हकप्रद सेयर निष्काशनको लागि प्रक्रिया अघि बढिसकेको छ,’ बैंकको छैठौं वार्षिकोत्सवको अवसरमा उनले भने, ‘केही समयभित्रै जारी गर्ने छौं ।’

लगानीकर्ताको क्षमता अविभबृद्धि गर्ने उद्देश्य अनुरुप राष्ट्र बैंकको नियम अनुसार संस्थापक सेयरलाई साधारणमा परिमार्जन गरिएको जानकारी दिँदै यसले संस्था र लगानीकर्ता दुवैलाई फाइदा पुग्ने बताए । बैंकले आगामी दिनमा कार्ड तथा इ–च्यानलका नविनतम र प्रभावकारी सुविधा थप गर्ने बताउँदै रेमिट्यान्सको अन्तरराष्ट्रिय संजाल विस्तारलाई तिव्रता दिइने जानकारी दिए ।

पूँजी बृद्धि गरी बैंकलाई नमुनाको रुपमा प्रस्तुत गर्न मर्जर तथा एक्वीजिशन प्रक्रियालाई प्राथमिकतामा राखेर अघि बढाएको बैंक संचालक समितिका अध्यक्ष भोजबहादूर शाहले बताए । भर्खरै मात्र पश्चिमाञ्चल विकास बैंकलाई मर्ज गरी एकिृत कारोवार गरेको जानकारी दिँदै निकट भविश्यमा नै अन्य वित्तीय संस्थासँग मर्ज तथा एक्वीजिशन गरिने उनको भनाइ थियो ।

हलोदेखि हाइड्रोसम्म भन्ने नारा लिएको बैंकले साना तथा मझौला व्यवसाय र लघुवित्तलाई प्राथमिकता दिँदै आएको छ । बैंकले गत आवका आफ्नो निक्षेप संकलनलाई १० अर्ब ३१ करोड रुपैयाँले बृद्धि गरेको छ । यसैगरी कर्जा प्रवाह पनि १० अर्ब रुपैयाँले बृद्धि गरी २८ अर्ब रुपैयाँ पुर्याएको छ ।

बैंकले ४४ वटा शाखा, एउटा एक्स्टेन्सन काउण्टर, ४५ वटा एटीएम र ५४ वटा ब्राञ्चलेस बैंकिङबाट २ लाख २५ हजार सेवाग्राहीलाई सेवा दिँदै आएको छ । बैंकले वार्षिकोत्वसको अवसरमा चिल्ड्रन एण्ड युथ फस्टलाई ९० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL