Logo

सिटिजन्सको नाफा ५० प्रतिशतले बढ्यो, गत आवमा कमायो १ अर्ब ८ करोड

सिटिजन्सको नाफा ५० प्रतिशतले बढ्यो, गत आवमा कमायो १ अर्ब ८ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंकले आर्थिक वर्ष २०७२/७३ मा एक अर्ब आठ करोडरुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आर्थिक वर्ष २०७१/७२ को तुलनामा आफ्नो नाफामा ३६ करोड रुपैयाँले बृद्धि गरको छ । आव २०७१/७२ मा बैंकको नाफा ७२ करोड रुपैयाँ मात्र रहेको थियो । उक्त नाफासँगै सिटिजन्स बैंक पनि विलिनियर क्लवमा प्रवेश गरेको छ ।

बैंकको व्याज आम्दानी बृद्धि र खराव कर्जा उठेसँगै खुदनाफामा बृद्धि भएको छ । गत आवमा बैंकले आफ्नो व्याज आम्दानीमा ३५ करोड रुपैयाँले बृद्धि गरेको छ । बैंकले अन्य संचालन नाफाबाट २९ करोड रुपैयाँ कमाएको छ भने विदेशी विनिमय कारोबार बाट १४ करोड रुपैयाँ प्राप्त गरेको छ ।

यसैगरी बैंकले निक्षेप संकल तथा कर्जा प्रवाहमा पनि उच्च बृद्धि गरेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा ४७ अर्ब ३९ करोड रुपैयाँ निप संकलन गरी ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन आव आर्थिक वर्ष २०७१/७२को तुलनामा निक्षेप संकलनमा १२ अर्ब रुपैयाँ र कर्जा प्रवाहका ११ अर्ब रुपैयाँले बढी हो ।

बैंकले सो अवधिमा ४३ करोड रुपैयाँ खरावकर्जा उठाएको छ । हाल बैंकको खरावकर्जा अनुपात कुल कर्जा प्रवहको १ दशमलव ३१ प्रतिशतमात्र रहेको छ । सो अवधिमा बैंकको प्रति सेयर आम्दानी सामान्य बढेर २९ रुपैयाँ ८६ पैसा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL