Logo

ग्लोबल आइएमई बैंकले दशैं विशेष टिकटक प्रतियोगिता गर्दै, ६० हजार जित्ने अवसर

ग्लोबल आइएमई बैंकले दशैं विशेष टिकटक प्रतियोगिता गर्दै, ६० हजार जित्ने अवसर



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले युवा युवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न दशैंको अवसरमा टिकटक प्रतियोगिता संचालन गरेको छ ।

उक्त प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दशैंको सामग्रीहरु समावेश गरी तयार गरेको गितमा आफ्नो टिकटक बनाइ बैंकले सार्वजनीक गरेको शर्तहरु पुरा गरी आफ्नो टिकटक पेजमा प्रकाशित गर्नुपर्नेछ ।

प्रतियोगितामा सहभागि मध्य धेरै लाईक आउने तीन जना सहभागिलाई क्रमशः प्रथम पुरस्कार रू ६० हजार दोस्रो पुरस्कार रू ३५ हजार र तेस्रो पुरस्कार रू २५ हजार प्रदान गरिनेछ । यो प्रतियोगितामा सहभागि हुन कात्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL