Logo

एनएमबि बैंकको पुतलीसडक शाखामा इपेमेन्ट हबको उद्घाटन

एनएमबि बैंकको पुतलीसडक शाखामा इपेमेन्ट हबको उद्घाटन



काठमाडौं । एनएमबि बैंकको पुतलीसडक शाखामा एनएमबि इपेमेन्ट हबको उद्घाटन गरिएकोे छ ।

यस हबको प्रयोग गरी ग्राहकहरुले भिसा शुल्क भुक्तानी, विदेश स्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, पिटिई, एसएटी, युएसएमएलई, फ्लाईवायर, स्वीफ्ट, जिआरई लगायतका भुक्तानी जस्ता विविध अनलाइन भुक्तानी सेवा लिन सक्नेछन ।

एनएमबि इपेमेन्ट हब स्वीकृत विधुतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकहरूका लागि सहज र झन्झट मुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै, उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध छ । द फाइनान्सियल टाइम्स, लन्डनको ’द बैंकर म्यागजिन’ ले एनएमबी बैंकलाई प्रतिष्ठित बैंक अफ द इयर एसिया २०२१ बाट सम्मानित गरेको छ ।

बैंकले २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ द इयर पनि पाएको छ । एनएमबी बैंक हाल २०१ शाखा, १४९ एटीएम र १२ एक्सटेन्सन काउन्टर मार्फत सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्