Logo

सिटिजन्स र बुम रेमिटेन्स वीच सम्झौता,कम्पनीमार्फत पठाएको पैसा बैंकबाट निकाल्न सकिने

सिटिजन्स र बुम रेमिटेन्स वीच सम्झौता,कम्पनीमार्फत पठाएको पैसा बैंकबाट निकाल्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुम रेमिटेन्स कम्पनिबिच विप्रेषण भुक्तानी सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ तथा बुम रेमिटेन्स कम्पनि प्रालिका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे ।

सम्झौता अनुरुप विदेश तथा स्वदेशमा रहेका नेपालीहरुले बुम रेमिटेन्स कम्पनि प्रालि मार्फत पठाएको रकम यस बैंकका सम्पूर्ण शाखाहरुबाट भुक्तानी पाउन सक्ने छन् । यस अघि पनि बैंकले स्वदेशका विभिन्न विपे्रषण कम्पनीहरुसंग सहकार्य गरि आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेसलगायतबाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ ।

साथै बैकले निकट भविष्यमा पनि अन्य विभिन्न मुलुकमा रहेको विभिन्न विप्रेषण कम्पनीहरु संग सम्झौता गरि विप्रे्रषण सेवालाइ विस्तार गर्दै लैजाने योजना छ ।

प्रतिक्रिया दिनुहोस्
MBL