Logo

सिन्धु विकास बैंकले १२ लाख ९ हजार कित्ता हकप्रद निष्काशन गर्दै, भदौ २६ सम्म आवेदन खुल्ला

सिन्धु विकास बैंकले १२ लाख ९ हजार कित्ता हकप्रद निष्काशन गर्दै, भदौ २६ सम्म आवेदन खुल्ला


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले १ बराबर १ अनुपातमा साउन २३ गतेदेखि हकप्रद शेयर निष्काशन गर्न लागेको छ । भदौ २६ गतेसम्मका लागि हकप्रद सेयर निष्काशन गर्न लागेको बताइएको छ । बैंकको शेयरधनीका लागि प्रति शेयर एक सय अंकित दरको १२ लाख ९ हजार ३ सय ७५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

बैंकको आगामी साउन ६ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व रहने शेयरधनी हुनेले आवेदन दिन सक्नेछन् । शेयर खरीदका लागि एनआईबिएल क्यापिटल मार्केट्स र सिन्धु विकास बैंकका सम्पूर्ण शाखाहरुबाट दरखास्त फारम उपलब्ध हुने बैङ्कले प्रकाशित गरेको सूचना मार्फत जानकारी गराएको छ ।

हकप्रद शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी रू. २४ करोड १८ लाख पुग्नेछ । बैंकले आव २०७३/७४ मा चुक्ता पूँजी रू. ५० करोड २८ लाख पुग्ने प्रक्षेपण गरिएको छ । यस अनुसार आगामी आवमा बैङ्कले चुक्ता पूँजी वृद्धिको लागि बोनश अथवा हकप्रद शेयर निष्काशन गर्ने देखिएको छ । बैंकले आव २०७४/७५ मा प्रति शेयर नेटवर्थ रू. १ सय २२ पुग्ने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्