Logo

नेपाल बैंकको सीईओ बन्ने अवसर, दरखास्त आह्वान

नेपाल बैंकको सीईओ बन्ने अवसर, दरखास्त आह्वान



काठमाडौं । नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन माग गरेको छ । बैंकका तत्कालीन सीईओ कृष्णबहादुर अधिकारीको गत सोमबार चार वर्षे कार्यकाल पूरा भएपछि रिक्त रहेको उक्त पदमा पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको हो । यसका लागि ईच्छुक व्यक्तिले आईतबारदेखि २१ दिनभित्रमा दरखास्त दिन सक्नेछन् ।

व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक , अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर गरेका व्यक्तिहरुले उक्त पदका लागि आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।

यस्तै सम्बन्धित क्षेत्रका दश वर्षको कार्य अनुभव भएकाहरुले आवेदन दिन सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्