Logo

एनआईसी एसियाको नाफा ३९ करोडले बढ्यो, विलिनियर क्लव प्रवेश

एनआईसी एसियाको नाफा ३९ करोडले बढ्यो, विलिनियर क्लव प्रवेश


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७२/०७३ मा आफ्नो नाफामा उल्लेख्य बृद्धि गरेको छ । बैंकले आव २०७१/०७२ को तुलनामा ३८ करोड ९७ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ ।

आव २०७१/०७२ मा कुल ६८ करोड ३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा गत आवमा १ अर्ब ७ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । बैंकको खुद नाफामा उच्च बृद्धिसँगै विलिनियर क्लवमा प्रवेश गर्न सफल भएको छ ।

बैकको व्याज आम्दानी बृद्धि र खरावकर्जा उठेसँगै नाफामा उच्च बृद्धि भएको छ । सो अवधिमा बैंकले आफ्नो व्याज आम्दानी बृद्धि गरी १ अर्ब ९७ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन आव आव २०७१÷०७२ मा १ अर्ब ५७ करोड रुपैयाँ मात्र रहेको थियो ।

यसैगरी बैंकले आफ्नो खरावकर्जा पनि घटाएको छ । आव २०७१/०७२ मा खराव कर्जा कुल कर्जा प्रवाहको २ प्रतिशतभन्दा बढी रहेकोमा त्यसलाई घटाएर जिरो दशमलव ८२ प्रतिशतमा झार्न सफल भएको छ ।

सो अवधिका बैंकले निक्षेप संकलन तथा कर्जा प्रवाहमा उल्लेख्य बृद्धि गरेको छ । सो अवधिमा ६९ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । जसमा बैंकले आफ्नो सीडी सेरियो बढाएर ७८ दशमलव ५२ प्रतिशत पुर्याएको छ । जुन आव २०७१/०७२ मा ७३ दशमलव ३९ प्रतिशत मात्र रहेको थियो । सो अवधिमा बैंकको चुक्ता पूँजी बढेर ४ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL