Logo

प्रभुको ‘इन्स्तापे ’ र ‘रिवार्ड पोइन्ट्स ’ सञ्चालनमा, क्रेडिट कार्ड प्रयोगकर्तालाई थप सुविधा

प्रभुको ‘इन्स्तापे ’ र ‘रिवार्ड पोइन्ट्स ’ सञ्चालनमा, क्रेडिट कार्ड प्रयोगकर्तालाई थप सुविधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले क्रेडिट कार्ड प्रयोगकर्तालाई थप सुविधा सहित ‘इन्स्तापे र रिवार्ड पोइन्ट्स दुई योजना सञ्चालनमा ल्याएको छ । इन्स्तापे योजना अन्तर्गत ग्राहकहरुले आफ्नो क्रेडिट कार्डको माध्यमबाट विदेश भ्रमणको विल तिर्न, कलेज तथा स्कुलको फी तिर्न, अस्पतालकोे विल तिर्न, विभिन्न इलेक्ट्रोनिक समानहरु खरिद गर्न सक्नेछन् ।

त्यस्तै गरगहना खरिद गरी बिल तिर्न, मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् र सो रकमलाइ बढीमा १८ महिना सम्मको मासिक किस्तामा बैंकलाइ भुक्तानी गर्न सक्ने बताइएको छ । यो योजना अन्तर्गत उपयोग गरेको रकममा ब्याज लाग्ने छैन तर ग्राहकहरुले तोकिएको सेवा शुल्क भने तिर्नुपर्नेछ ।

यस योजनामा सहभागी हुन चाहने ग्राहकहरुले कारोवार भएको मितिले ७ दिनभित्र आफुले उपयोग गरेको रकम तिर्न चाहेको किस्ता संख्या उल्लेख गरी निवेदन दिनुपर्नेछ । उक्त निवेदनका आधारमा बैंकले मासिक किस्ता कायम गर्नेछ ।

यसैगरी अर्को योजना रिवार्डपोइन्ट्स अन्तर्गत ग्राहकहरुले आफ्नो क्रेडिट कार्डको माध्यमबाट समान खरिद गरेमा प्रत्येक २०० रुपैयाँ बराबर १ प्वाइन्ट कायम हुनेछ । यसरी कायम भएको प्वाईण्ट सञ्चित हुँदै जानेछ र ५ सय प्वाइण्ट पुगेपछि बैंकले सम्बन्धित ग्राहकको खातामा रु. ५ सय नगद जम्मा गरिदिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL