Logo

डिजिटल भुक्तानीमा एभरेष्ट बैंक : एकैपटक सय बढी चालकलाई वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण

डिजिटल भुक्तानीमा एभरेष्ट बैंक : एकैपटक सय बढी चालकलाई वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण



काठमाडौं । एभरेष्ट बैंकले नेपाल अटो तथा इ–रिक्सा यातायात तिलोत्तमा रुपन्देहीलाई वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ । लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले कम्पनीका ५५ भन्दा बढी सदस्यहरुलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जागेश्वर देवि चौधरीले एभरेष्ट बैंकको वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण कार्यले सर्वसाधरणहलाई सरल तथा सुरक्षित बैंकिङ्ग सुविधा उपलब्ध हुने बताइन् ।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीका सर्वसाधारणहरु माझ यसरी वित्तिय साक्षरता प्रदान गर्न पाउँदा खुसी लागेको बताए । उनले यो कार्यले सम्पूर्ण त्तिलोत्तमा बसीहरुमा सुरक्षित बैंकिङ्ग गर्न हौसाल मिल्ने र नयाँ उद्यम गर्न बैंकले सहयोग गर्ने विश्वास दिलाए ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्र राज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रतीले १०० जना भन्दा बढी टेम्पो तथा इ–रिक्सा चालक र महिला उद्यमी दिदीबहिनीहरुलाई वित्तिय साक्षरता सचेतना प्रदान गरे । सो वित्तिय साक्षरता सचेतना कार्यक्रमा उप्रेतीले स–साना बचतले पनि भविष्यमा आइपर्ने जोखिम व्यवस्थापन गर्न मद्दत पुग्ने कुरा उल्लेख गरे ।

फोन पे को सहकार्यमा क्यूआर कोड हस्तान्तरण गरिएको उक्त कार्यक्रमा फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL