Logo

फेवाको नाफा ४० प्रतिशतले बढ्यो, गत आवमा ४८ करोड ११ लाख कमायो

फेवाको नाफा ४० प्रतिशतले बढ्यो, गत आवमा ४८ करोड ११ लाख कमायो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७२/७३ मा फेवा विकास बैंक लिमिटेडको मुनाफा ४० प्रतिशतले बृद्धि भएको छ । यो अघिल्लो आवको सो अवधिको तुलनामा ४० प्रतिशत बढी हो । गत आवमा बैंकले रु ४८ करोड ११ लाख नाफा कमाएको बताइएको छ ।

त्यस्तै निक्षेपमा आर्थिक बर्ष २०७१ ७२ को तुलनामा रु २ अर्ब ३६ करोडले वृद्धी गरी रु. ११ अर्ब ७३ करोड पुर्याएको  बैंकले जानकारी दिएको छ । कर्जातर्फ रु २ अर्ब ११ करोडले वृद्धी भइ रु.१० अर्ब २२ करोड पुर्याएको छ । साथै उक्त बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।

वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालय मार्फत निक्षेप योजना , एविविएस बैंकिङ, एटिएम, एसएमएस बैंकिङ,लकर,रेमिट्यान्सलगायत सुविधा उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्