Logo

कुमारी बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

कुमारी बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति



काठमाडौं । कुमारी बैंकले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले प्रतिइकाई १ हजार रुपैयाँको दरले ऋणपत्र बिक्री गर्न लागेको हो ।

उक्त ऋणपत्रमध्ये २० लाख इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ । यसैगरी, ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

कुमारी बैंकले १० वर्ष अवधि भएको ‘केबीएलएम डिबेन्चर २०९०’ बिक्री गर्न लागेको हो । यसमा वार्षिक १० प्रतिशत ब्याज प्रदान हुनेछ । यस ऋणपत्रमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्