Logo

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरबीच छुटसम्बन्धी सम्झौता

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरबीच छुटसम्बन्धी सम्झौता



काठमाडौं । एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर, लाजिम्पाटबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

योसँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरूले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा २५ प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ । बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णु प्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक रजुल श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता साथै कर्मचारी तथा तिनका पारिवारीक सदस्यहरूले उक्त सेन्टरका विभिन्न सेवामा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन् ।

सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रती, बजार अधिकृत एलिना कार्की तथा वेलनेस सेन्टरका तर्फबाट सञ्चालन तथा बजार निर्देशक स्वर्णिम सुवालको समेत उपस्थिति रहेको थियो । बैंकले १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेटर एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL