Logo

सिटिजन्स र प्रिमियरको एकिकृत कारोवार शुरु, चुक्त पूँजी ३ अर्ब १० करोड पुग्यो

सिटिजन्स र प्रिमियरको एकिकृत कारोवार शुरु, चुक्त पूँजी ३ अर्ब १० करोड पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिटिजन्स बैंक र प्रिमियर फाइनान्सबीच एकिकृत कारोवार शुरु भएको छ । सिटिजन्स बैंकले प्रिमियर फाइनान्स खरिद गरी आजबाट एकिकृत कारोवार शुरु गरेको हो ।

सिटिजन्सले यस अघि नेपाल हाउजिङ एंड मर्चेन्ट फाइनान्स र पिपुल्स फाइनान्स खरिद गरेको थियो ।

एक्विजिशनसँगै बैंकको चुक्ता पूँजी ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ । एक्विजिशन गर्दा बैंकमा ३ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी थप हुन आएको छ । हाल बैंकको कूल निक्षेप ४८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने कर्जा ४१ अर्ब ८ करोड रुपैयाँ भएको छ ।

यसैगरी, बैंकको शाखा संख्या ५८ पुगेको छ । उपत्यका भित्र २४ शाखा र उपत्यका वाहिर ३४ शाखा संचालनमा रहेका छन् । यसैगरी शाखारहित बैंकिङ समेत संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL