Logo

सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरीबीच सम्झौता : बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीले विभिन्न छुट पाउने

सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरीबीच सम्झौता : बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीले विभिन्न छुट पाउने



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रालि (सेल्सबेरी)बीच सम्झौता भएको छ । बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले यो सम्झौता भएको हो ।

मंगलबार भएको उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील मान प्रधानाङ्घले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सेल्सबेरीले विभिन्न किसिमका सामान खरिद गर्दा छुट दिनेछ । उक्त छुट २ प्रतिशदेखि २५ प्रतिशतसम्म पाइनेछ । यस सम्झौताबाट बैंकका ग्राहक, बैंकका कर्मचारी तथा शेयरधनीहरुले प्रत्यक्ष लाभ लिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्