Logo

अन्तत भाँडियो कुमारी र एनसीसी बैंकको मर्जर, अव के गर्छ राष्ट्र बैंक

अन्तत भाँडियो कुमारी र एनसीसी बैंकको मर्जर, अव के गर्छ राष्ट्र बैंक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कुमारी बैंक एनसीसीसँग मर्जरमा नजाने भएको छ । बैंकको विशेष साधारणसभाले शुक्रबार एनसिसीसहित अन्य चार विकास बैंकसँग मर्जरमा नजाने निर्णय गरेको हो ।

बैंकका अधिकांश लगानीकर्ताले मर्जरमा जान हुदैन भनेर हुटिङ गरेपछि मर्जरमा जाने वा नजाने विषयमा भोटिङ भएको थियो । भोटिङमा उपस्थितको ५० प्रतिशतभन्दा वढी सदस्यले मर्जरको विपक्षमा मतदान गरपछि मर्जर टुङगिएको हो ।

एनसीसीको तर्फबाट मर्जरको नेपाल राष्ट्र बैंकका एक्जुकेटिभ डाइरेक्टर लक्ष्मी प्रपन्न निरौलाले नेतृत्व गरेका थिए ।  यो मर्जरको लागी राष्ट्र बैंक लागि परेको थियो ।

कुमारीका लगानीकर्ताले स्वाप रेसियोमा असहमति जनाएका थिए । डिडिएले कुमारीको स्वाप रेसियो एनसिसीसँग ९८ रुपैयाँ तय गरेको थियो । पछि मर्जर कमिटिको आपसी सहमतिमा १०० रुपैयाँ निर्धारण गरे पनि कुमारीका लगानीकर्ताले अस्वीकार गरेका हुन् । कुमारीका लगानीकर्ताले एनसिसीभन्दा १० रुपैयाँ वढि हुनु पर्ने माग गरेका थिए ।

कुमारी बैंकसँगै एनसिसीसँग चार विकास बैंक मर्जरको प्रकृयामा थिए । बाँकीको विशेष साधारणसभाबाट मर्जरमा जाने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL