Logo

नागरिक लगानी कोष र राबा बैंकबीच सम्झौता, एविविएसमार्फत रकम संकलन

नागरिक लगानी कोष र राबा बैंकबीच सम्झौता, एविविएसमार्फत रकम संकलन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नागरिक लगानी कोष र राष्ट्रिय बाणिज्य बैकबीच कोषको रकम बैकको केन्द्रिय खातामा जम्मा गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त रकम एविविएसमार्फत सिधै सम्बन्धित योजनाको खातामा जम्मा गर्ने सम्बन्धमा कोषमा कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार बैकका सबै कार्यालयबाट एविविएसमार्फत रकम संकलन तथा ट्रान्सफरका कार्यलाई अझ बढि सरल र सुविधायुक्त बनाउन सहयोग पुग्ने छ । उक्त सम्झौता २०७३ साउन देखि नै कार्यान्वयनमा आउने छ ।

सम्झौता अनुरुपको कार्य शुरु भएपछि बैंकको नेपाल भरका शाखाहरुमा कोषको नाममा रहेका खाताहरु बन्द गरी सम्पुर्ण रकम कोषको एविविएसमा रहेको बैंकको थापाथली, टेकु र बानेश्वर बैंकिङ अफिसबाट हुने ब्यवस्था गरिएको छ । यस्को लागि ६ वटा खातामा निक्षेप रकम जम्मा गर्नको लागि खाताको नाम र खाता नम्बर उल्लेख भएको अलग अलग रंगका भौचरहरुको व्यवस्था बैंकले गर्ने कोषका सूचना अधिकृत उद्धव सिलवालले दिए ।

त्यस्ता खाताहरुमा नागरिक लगानी कोष कर्मचारी वचत वृद्वि अबकाश कोष, निजामती बिमा कोष, शिक्षक बीमा कोष, सैनिक बीमा कोष, नेपाल प्रहरी बीमा कोष र सशस्त्र प्रहरी बीमा कोष रहेका छन । यसबाट कोष र बैकको रिकसिन्लेसन तथा हिसाव मिलान कार्यमा सहजता मिल्ने अपेक्षा गरिएको छ । बैंकले यस अघि नेपाल बैंकसँग पनि यस्तो सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL