Logo

नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर सञ्चालन, उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने उद्देश्य

नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर सञ्चालन, उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने उद्देश्य



काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले कल सेन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा आज एक कार्यक्रम आयोजना गरि समुद्घाटन गरेको हो ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र सेवा प्रदायक संस्था श्री कलश सर्भिसेस प्रालिका प्रमुख कार्यकारी अधिकृत रुपेश भक्त श्रेष्ठले संयूक्त रुपमा कल सेन्टरको समुद्घाटन गरे । सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष, अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए ।

त्यस्तै, कलश सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत रुपेश भक्त श्रेष्ठले गौरवपुर्ण ईतिहास बोकेको नेपालको पहिलो बैंकमा ग्राहकहरुसँग जोडिएर काम गर्न पाएकोमा नेपाल बैंकको ग्राहक सेवाको उत्कृष्टताको लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

०१–५९७१२२२ नम्बर रहेको कल सेन्टरले नेपाल बैंकका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरि समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुङ्गा सावित हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्