Logo

बैंक अफ काठमाण्डू लुम्बिनीको एकिकृत कारोवार शुरु, चुक्ता पूँजी साढे ४ अर्ब पुग्यो

बैंक अफ काठमाण्डू लुम्बिनीको एकिकृत कारोवार शुरु, चुक्ता पूँजी साढे ४ अर्ब पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज भई आजबाट एकिकृत करोवार शुरु गरेको छ । यी दुई संस्था एक आपसमा मर्ज भएर बैंक अफ काठमाण्डू लुम्बिनीको नामबाट एकिकृत कारोवार शुरु गरेको हो ।

बिहिबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले बैंक अफ काठमाण्डू लुम्बिनीको नयाँ कर्पाेरेट लोगो अनावरण गरी एकिकृत कारोवारको शुभारम्भ रहेका हुन् ।

राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजना अनुरुप यी दुई संस्थाहरु एक आपसमा मर्जमा गएका हुन् । मर्जरसँगै बैंकको चुक्ता पूँजी ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ पुगेको छ । यी दुई संस्था एक आपसमा गाभिदा सेयर स्वाप रेसियो बीओकेको १ सय रुपैयाँ हुदा लुम्बिनीको ८२ रुपैयाँ कायम गरिएको छ । हाल बैंकको जगेडा कोषमा ३९ करोड ५५, लाख रुपैयाँ रहेको छ ।

मर्जरसँगै बैकको निक्षेप संकलन ६३ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५५ अर्ब २० करोड रुपैयाँ रहेको छ । नेपालको मर्जर इतिहासमा यति धेरै पुरानो संस्था एक आपसमा गाभिएको यो नै पहिलो भएको बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले बताए ।

बैंक संचालक समिति अध्यक्षमा सत्यनारायण मानन्धरलाई चयन गरेको छ । यसैगरी संचालकहरुमा सन्तवर सिंह थापा, केदारनाथ गौतम, सुवर्णलाल श्रेष्ठ, गोविन्दप्रसाद शर्मा, चोपनारायण श्रेष्ठ, प्राडा. हेमराज सुबेदी, मदनलाल जोशी र दिव्यनिधि विष्ट चयन भएका छन् ।

मर्जरसँगै बैंकको शाखा संख्या ७४ पुगेको छ भने ६३ एटीएम, ७ एक्स्टेन्सन काउन्टर र ३३ स्थानबाट शाखा रहित बैंकिङ सेवा प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL