Logo

प्रभु बैंकको कलंकी शाखा हात्तिगौडामा स्थानान्तरण, विहीवारदेखि सेवा शुरु

प्रभु बैंकको कलंकी शाखा हात्तिगौडामा स्थानान्तरण, विहीवारदेखि सेवा शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंकले काठमाण्डौको हात्तीगौंडामा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । बिहीवार एक कार्यक्रमवीच बैंकका बरिष्ठ डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले उक्त शाखा कार्यालयको उद्घाटन गरे ।

गत वर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये कलंकी शाखा कार्यालयलाई हात्तीगौंडामा स्थानान्तरण गरिएको हो ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ

प्रतिक्रिया दिनुहोस्