Logo

एनआईशी एसिया बैंकको साधारण सभा असोज २८ गते, बुक क्लोज कहिले हुँदैछ ?

एनआईशी एसिया बैंकको साधारण सभा असोज २८ गते, बुक क्लोज कहिले हुँदैछ ?



काठमाडौं । एनआईशी एसिया बैंकले असोज २८ गते आइतबार साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।

बैंकको साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठामाडौंमा वार्षिक साधारण सभा बोलाएको हुँने बैंकले जानकारी दिएको छ । बैंकको २६ औँ वार्षिक साधारण सभा बिहान ९ बजे शुरु हुनेछ । साधारण सभा गर्नको लागि बैंकले असोज १६ गते देखि २८ गतेसम्मका लागि बुकक्लोज गर्ने भएको छ ।

जस अनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ । सभाले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL