Logo

सिटिजन्स बैंकले लाभांश वितरण गर्न बोलायो साधारणसभा, तोकियो बुकक्लोज मिति

सिटिजन्स बैंकले लाभांश वितरण गर्न बोलायो साधारणसभा, तोकियो बुकक्लोज मिति



काठमाडौं । सिटिजन्स बैंकले असोज २६ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको बिहीबार (असोज ४ गते) बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।

सभामा बैंकले ५.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । बैंकले नगद लाभांकको लागि ८२ करोड २१ लाख ६१ हजार रुपैयाँ (कर सहित) नगदमा खर्च गर्ने जानकारी दिएको छ। सभामा आर्थिक वर्ष २०७९/८० को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि बैंकले असोज १५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज १४ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । बैंकको सभा अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्