Logo

नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा डा.अधिकारी नियुक्त

नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा डा.अधिकारी नियुक्त



काठमाडौं । नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी नियुक्त भएका छन् ।

असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले डा. अधिकारीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त अध्यक्ष अधिकारीले असोज ४ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्