Logo

एनएमबी बैंक र बुद्ध एयरबीच सहकार्य, ‘एनएमबी बुद्ध भिजा डेविट कार्ड’ सेवा सुरु

एनएमबी बैंक र बुद्ध एयरबीच सहकार्य, ‘एनएमबी बुद्ध भिजा डेविट कार्ड’ सेवा सुरु



काठमाडौं । एनएमबी बैंक र बुद्ध एयरबीच एक सहमतीसँगै ‘एनएमबी बुद्ध भिजा डेविट कार्ड’ सेवा सुरुवात गरिएको छ । बिहीबार काठमाडौंमा एक समारोहका बीच उक्त सेवा औपचारिक रुपमा सुरुवात गरिएको हो ।

उक्त कार्ड सेवा एनमएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल केसी र बुद्ध एयरका अध्यक्ष विरेन्द्र बहादुर बस्नेतले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् । अब एनएमबि बैंक कार्ड होल्डरले बुद्ध एयरको विभिन्न सुविधाहरुमा छुट पाउने छन् । कहिलेकाँही कारणबश जहाज छुटेको बेला पनि टिकट क्यान्सिल निस्शुल्क रुपमा हुने बैंकले जानकारी दिएको छ ।

कार्यक्रममा बैंकका सीईओ केसीले नेपालको पर्यटन विकासमा बुद्ध एयरको महत्वपूर्ण योगदान रहेको बताए । उनले बुद्ध एयरसंग पहिलो पटक सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे । केसीले भने,–बुुद्ध एयर नेपालीले पनि गर्न सक्छ भन्ने उदाहरण स्थापित गरेको छ । हामीले पहिलो पटक बैंकले बुद्ध सहकार्य गर्ने पायौँ । प्लेन छुट्यो भने टिकट फ्रि मा क्यान्सिल हुन्छ । अझ एनएमबीका कार्ड होल्डरले ५ केजी एक्ट्रा सामान बोक्न सक्छन् ।’

सोही अवसरमा बुद्ध एयर अध्यक्ष विरेन्द्र बहादुर बस्नेतले एनएमबी बैंकसँगको सहकार्य २६ वर्षअघि देखी रहेको बताए । बस्नेतले एनएमबि बैंकसँग आगामी दिनमा थप सहकार्य गर्दै जाने बताए । चिनबाट नेपालमा पैसा ट्रान्सफर गर्न वीच्याटको पनि सुविधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्