Logo

एनसीसी विशेष साधारण सभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित, यस्तो छ सेयर स्वाप रेसियो

एनसीसी विशेष साधारण सभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित, यस्तो छ सेयर स्वाप रेसियो


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको विशेष साधारणसभाले अन्य ५ बैंक वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ । बैंकका व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौलको सभापतित्वमा सम्पन्न विशेष साधारण सभाले कुमारी बैंक, इन्फ्रास्ट्राक्चर डेभलपमेण्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक र सुप्रिम डेभलपमेण्ट बैंकबीच गाभ्ने/गाभिने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले मर्जर सम्बन्धी सम्पूर्ण काम गर्न बैंकको संचालक÷व्यवस्थापन समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । मर्जर प्रयोजनको लागि सबै संस्थाहरुको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न नियुक्त लेखापरीक्षकले तयार पारेको सबै संस्थाहरुको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन बमोजिम समायोजित नेटवर्थका आधारमा तय गरेको छ । जस अनुसार एनसीसीको एक सेयर बरावर कुमारीको एक सेयर, इन्फ्रास्ट्रक्चर डेभलपमेण्टको ०.७७, इण्टरनेशनल डेभलपमेण्टको ०.७३, एपेक्स डेभलपमेण्टको .४८ र सुप्रिम डेभलपमेण्टको ०.७७ हुनेगरी सेयर स्वाप रेसियो तय गरेको छ ।

साथै मर्जर पश्चात बन्ने संस्थामा एनसीसी बैंकको प्रवन्ध पत्र तथा नियमावली लागु हुने भएकोले सोही अनुसार प्रवन्ध पत्र तथा नियमावलीमा प्रस्तावित संशोधन समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL