Logo

विहानको बोर्ड बैंठकद्वारा मौद्रिक नीति स्वीकृति, दिउसो २ बजे सार्वजनिक

विहानको बोर्ड बैंठकद्वारा मौद्रिक नीति स्वीकृति, दिउसो २ बजे सार्वजनिक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समय देखि अन्यौलमा रहेको आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति आज आउने भएको छ । आज विहान बसेको नेपाल राष्ट्र बैंक संचालक समितिले उक्त मौद्रिक नीति स्वीकृति गरेकाले आजै दिउसो २ बजे ल्याउन लागेको राष्ट्र बैंकले जानकारी दिएको छ । उक्त नीति ¥याडिसन होटलमा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

आइतबार नै ल्याउने भनिए पनि संचालकहरुबीच सहमति नहुँदा अन्यौलमा परेको थियो । तर, आज विहान मात्रै सहमति जुटेको हो । आगामी आवको मौद्रिक नीतिले पूर्वाधार विकास बैंक स्थापनाका लागि नीतिगत व्यवस्था गरेको बैंक स्रोतले जानकारी दिएको छ ।

यस्तै गरी माइक्रोफाइनान्सका लागि पनि थप कडाइ गरेको छ । यसैगरी नीतिले मार्जिन लेण्डिङलगायतका विषयमा पनि केही सम्बोधन गर्ने भएको छ ।

राष्ट्र बैंकले मुद्रा स्फीतिलाई भने ७ दशमलव ५ प्रतिशतमै सीमित राख्ने भएको छ । सरकारले बजेट वक्तव्यमा उल्लेख गरे अनुरुप नै मुद्रा स्फीति तय गरिएको पण्डितले जानकारी दिए । तर, हाल मुद्रास्फीति झण्डै १० प्रतिशतको हाराहारीमा रहेकोमा आगामी आवमा ७ दशमलव ५ प्रतिशतमा सिमित राख्न कठिन हुने सम्बद्ध सरोकारावालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL