Logo

सिटिजन्स बैंकको नगद लाभांश घोषणा, कत्ति दिदै छ ?

सिटिजन्स बैंकको नगद लाभांश घोषणा, कत्ति दिदै छ ?



काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र सिटिजन्स बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

उक्त पुँजीमा ५.७९ प्रतिशतले हुने रकम ८२ करोड २१ लाख ६१ हजार रुपैयाँ बराबर नगद लाभांश वितरण गर्न लागेको हो । यस बैंकले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने ९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL