Logo

व्याजदर घटाउने अर्थमन्त्रीको कदममाथि तगारो बन्दै बैंक, बजारमा स्थानीय तहको पैसा पठाउँदा पनि बढाए व्याज

व्याजदर घटाउने अर्थमन्त्रीको कदममाथि तगारो बन्दै बैंक, बजारमा स्थानीय तहको पैसा पठाउँदा पनि बढाए व्याज



काठमाडौं । आधादर्जन भन्दा बढी वाणिज्य बैंकहरुले असोज महिनाका लागि मुद्दती निक्षेको व्याज बढाएका छन् । अर्थ मन्त्रालयले अहिलेको अवस्थामा व्याजदर बढाउन नहुने भन्दै वाणिज्य बैंकका प्रमुख कार्यकारीअ अधिकृतहरुसँग छलफल गरी त्यसलाई रोक्न स्थानीय तहमा जाने रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेपनि बैंकहरुले भने उल्टै व्याज बढाएका हुन् ।

वाणिज्य बैंकहरुले सूचना प्रकाशति गर्दै असोज महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसमध्ये भदौका लागि मुद्दती निक्षेपमा व्याज बढाएका बैंकहरुले असोजनका लागि केही घटाएर पनि ७ वटा वाणिज्य बैंकले भने उच्चतम विन्दुले बढाएका छन् । साथै कतिपय बैंकले भने भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन् । बैंकर्स संघको भद्र सहमति तोडिएसँगै ब्याजदर घटाउने अनुमान गरिए पनि ठिक त्यसको विपरित बैंकहरुले भने निक्षपको ब्याजदर बृद्धि गर्दै आएका छन् । अर्थमन्त्रीले ब्याजदर घटाउनको लागि नेपाल राष्ट्र बैंक र बैंकरहरुलाई दवाब दिँदै आएपनि बैंकहरुले अटेर गर्दै थप वृद्धि गर्दै आएका छन् । तर असोज महिनाका लागि सरकारी लगानीका बैंकहरुले भने निक्षेपमा ब्याज घटाएका छन् ।

तर पछिल्लो समय बैंकहरुमा देखिएका केहि समस्याको कारण ब्याजदर बृद्धि गर्नु परेको सम्बद्ध बैंकरहरु बताउँछन । ‘अघिल्ला महिना कतिपय बैंकले ह्वात्तै ब्याज बढाएका त्यतिवेला नबढाउनेहरुलाई अहिले निक्षेप टिकाउन कै लागि भएपनि बढाउनु पर्ने बाध्यता छ,’ ती बैंकरले भने, ‘सोही अनुरुप भदौका लागि ७ वटा बैंकले निक्षेपको ब्याज बढाएका छन् ।’

कुन बैंकको ब्याजदर कत्ति ?
असोजका लागि ब्याजदर सार्वजनिक गरेका १९ वाणिज्य बैंकहरुमा व्यक्तिगत मुदद्दति निक्षेपमा ८ वाणिज्य बैंकले अघिल्लो महिनाको तुलना ब्याजदर घटाएका छन । तर ७ बैंकको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढेको छ । ४ वटा बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

असोज महिनाका लागि हिमालयन बैंकको ब्याजदर भदौको तुलनामा १.०६ प्रतिशतले बढाए ११.०५ प्रतिशत पुयाएको छ । तर व्यक्तिगत मुद्दति निक्षेपमा भने सबैभन्दा धेरै ब्याजदर प्राइम कमर्सियल बैंकले दिने भएको छ । यस बैंकले ११.३६ प्रतितशत ब्याजदर दिने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्