काठमाडौं । मेगा बैंकले हाल रहेको सेयर संरचना परिवर्तन गर्ने भएको छ । हाल बैंकको सेयर संरचना संस्थापकतर्फ ७० र साधारणतर्फ ३० प्रतिशत रहेकोमा परिवर्तन गर्न लागेको हो ।
बैंकले आगामी दिनमा संस्थापक र साधारण सेयर संरचना ५१ः४९ को अनुपातमा बनाउने भएको छ । बजार बढीरहेको अवस्थामा तत्काल लाभ लिनका लागि बैंक वित्तीय संस्थाले सेयर संरचना परिवर्तन गर्दै आएका छन् ।
मेगाको सेयर संरचना परिवर्तनसँगै बजारमा थप ६१ लाख ५७ हजार कित्ता सेयर थपिने भएको छ । सेयर संरचना परिवर्तनका लागि बैंकले आजैमात्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लाई जानकारी गराएको हो ।