Logo

राष्ट्र बैंकद्वारा पौने १३ अर्बको ऋणपत्र जारी, वाणिज्य बैंकदेखि फाइनान्ससम्मले किन्न सक्ने

राष्ट्र बैंकद्वारा पौने १३ अर्बको ऋणपत्र जारी, वाणिज्य बैंकदेखि फाइनान्ससम्मले किन्न सक्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब ७९ करोड रुपैयाँको ऋण पत्र जारी गरेको छ । बैंकले सो ऋण पत्र आज ३ बजेसम्म मात्र किन्न पाउने गरी जारी गरेको हो । बैंकले १ वर्षको लागि ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०७४ ङ’ जारी गरेको हो ।

राष्ट्र बैंकद्वारा जारी उक्त ऋण पत्र क, ख र ग बर्गका बैंक वित्तीय संस्थाले खरिद गर्न सक्नेछन् । सो ऋण पत्रलाई राष्ट्र बैंक वाहेक अन्य बैंक वित्तीय संस्थामा धितो राखेर कर्जा लिन सकिने छ ।

राष्ट्र बैंकले उक्त ऋण पत्रको ६/६ महिनामा व्याज भुक्तानी गर्ने छ । खरिद गर्न चाहने वित्तीय संस्थाले न्यूनतम १ करोड रुपैयाँदेखि अधिकतम १ करोड रुपैयाँले निशेष भाग जानेगरी १२ अर्ब ७९ करोड रुपैयाँसम्मको आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्