Logo

एनआईसी एशिया बैंकले गर्यो बम्पर लाभांश घोषणा, यो वर्ष सबैभन्दा बढी लाभांश दिने बैंक बन्न सक्ने

एनआईसी एशिया बैंकले गर्यो बम्पर लाभांश घोषणा, यो वर्ष सबैभन्दा बढी लाभांश दिने बैंक बन्न सक्ने



काठमाडौं । एनआईसी एशिया बैंकले बम्पर लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले कुल ३०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्ला दुई आर्थिक वर्ष लाभांश वितरणमा रोक लागेका कारण लगानीकर्ताको हात खाली भएको अवस्थामा बैंकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

भदौ २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । एनआईसी एशिया सम्भवत यो वर्ष सबैभन्दा बढी लाभांश दिने बैंक बन्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्