Logo

ग्लोबल आइएमई बैंकलाई ‘बेष्ट इन्टरनेट बैंक २०१६’ द्वारा सम्मान, इन्टरनेट बैंकिङमा योगदान

ग्लोबल आइएमई बैंकलाई ‘बेष्ट इन्टरनेट बैंक २०१६’ द्वारा सम्मान, इन्टरनेट बैंकिङमा योगदान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘बेष्ट इन्रनेट बैंक २०१६’ प्राप्त गरेको छ । बैंकलाई लण्डनबाट प्रकाशित हुने इन्टरनेशनल फाइनान्स म्यागजिनले उक्त अवार्ड प्रदान गरेको हो ।

बैंकले गुणस्तरीय इन्टरनेट बैंकिङ सेवा प्रदान गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको छ । ग्लोबल आइएमई बैंकले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाईन इन्टरनेट बैंकिङ तथा ग्लोबल स्मार्ट मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

‘सबैका लागि बैंक’ भन्ने उद्देश्यका साथ स्थापना भएको ग्लोबल आइएमई बैंकले हाल ९१ वटा शाखा, ९९ एटिएम र ४० वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले ६ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले इण्डिया र अष्ट्रेलियामा आफ्ना सम्र्पक कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दे आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL