Logo

नेपाल बैंकको अत्याधुनिक कल सेन्टर संचालनमा, ग्राहकका समस्या अब फोनबाटै समाधान गरिने

नेपाल बैंकको अत्याधुनिक कल सेन्टर संचालनमा, ग्राहकका समस्या अब फोनबाटै समाधान गरिने



काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनको लागि सेवा प्रदायकसँगको सम्झौतामा हस्ताक्षर गरेको छ ।

उक्त सम्झौताले नेपाल बैंक लिमिटेडका ग्राहक वर्गका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरि समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुङ्गा सावित हुने बैंकले विश्वास लिएको छ ।

सो कार्यक्रममा नेपाल बंैक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले सम्झौता प्रति खुशी व्यक्त गर्दै कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए ।

नेपालभर २ सय २८ शाखाहरु, २ सय ४ एटिएमका साथै ५७ एक्सटेन्सन काउन्टर मार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्