Logo

झापामा सनराइजको २ ओटा शाखा रहित बैंकिङ सेवा,सोमवारदेखि कारोवार शुरु

झापामा सनराइजको २ ओटा शाखा रहित बैंकिङ सेवा,सोमवारदेखि कारोवार शुरु


बिजखबर संवाददाता
27
Shares

काठमाण्डौं । सनराइज बैंक लिमिटेडले आफ्नो थप दुईवटा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । बैंकले झापाको बुधवारे र खुदुनाबारीमा सेवा शुरू गरेको हो ।

बैंकको विर्तामोड शाखाका प्रमुख ज्ञानेन्द्रदत्त, नेपाल बैंकका पूर्व अवकाश कर्मचारी गिरी राज दाहाल र बुद्घ आर्दश उच्च माविका प्रधानाध्यापक धनकुुमार श्रेष्ठले सोमबार एक समारोहका बीच बुधवारेमा उद्घाटन गरे ।

साथै खुदुनाबारीमा, सुनौलो व्यापारीक समूहको अध्यक्ष हेमराज आचार्य र जनता उच्च माविका प्रधानाध्यापक जयप्रसाद भण्डारीले उद्घाटनगरे ।

सो अवसरमा बैंकको विर्तामोड शाखाका प्रमुख ज्ञानेन्द्र दत्तले शाखारहित बैंकिङ सेवाको बुधवारेका प्रतिनिधि मञ्जू कडेल तथा खुदुनाबारीका प्रतिनिधि नरेन्द्रकुमार श्रेष्ठललार्ई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । शाखा कार्यालय नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ सेवा मार्फत एटिएम कार्ड र औंठा छापबाट कारोबार गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL