Logo

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा वालिङमा, देशभर शाखा संख्या २८२ वटा पुग्यो

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा वालिङमा, देशभर शाखा संख्या २८२ वटा पुग्यो



काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले स्याङ्जाको वालिङ नगरपालिका वडा न.८ मा नयाँ शाखा कार्यालय समुद्घाटन गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आईतबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका हुन् ।

यस पश्चात बैंकको देशभर शाखा संख्या २८२ वटा पुगेको छ। उक्त अवसरमा मन्त्री गुरुङले सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुशी लागेको बताउदै नगरको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए ।

उनले व्यवसायीहरुलाई आफ्नो आर्थिक कारोबार बैंकसँग जोडिएर गर्न आग्रह गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रा.वा. बैंकको कर्जाको ब्याजदर तुलनात्मक रुपमा कम भएको र निक्षेपमा आकर्षक ब्याजदर भएकाले व्यवसायीहरुलाई निर्धक्कसँग बैंकिङ्ग कारोबार गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्