Logo

एभरेष्ट बैंकको सामाजिक उत्तरदायित्व, मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग

एभरेष्ट बैंकको सामाजिक उत्तरदायित्व, मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग



काठमाडौं । एभरेष्ट बैंकले मानव सेवा आश्रम गोरखालाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक विशेष कार्यक्रमका बीच आश्रमलाई आर्थिक सहयोग गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको उक्त सहयोगबाट आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारिरीक तथा मानसिकरुपमा अति कमजोर सडक आश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने कुरा उल्लेख गरे ।

यस्तै यस्ता निःश्वार्थ भावनाले मनै छुने तथा परोपकारी कार्य गर्ने संघसंस्थाहरु संग भविष्यमा समेत हातेमालो गर्दै अगाडी बढिरहने प्रतिबद्दता उनले व्यक्त गरेका छन् । साथै आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामाले एभरेष्ट बैंकको यो सहयोगले आश्रममा आश्रित सम्पूर्ण मानवहरुले अझ सुलभ सेवा लाभ लिन सक्ने कुरा उल्लेख गरे ।

सो कार्यक्रममा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकका गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक सुधिर गौतम, बैंकका गोरखा शाखाका शाखा प्रबन्धक सन्दिप खत्री र आश्रमका संयोजक इश्वर काजी मास्केको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL